काठमाडौँ – दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ ।


ADVERTISEMENT


महाअभियानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रशासनको सुझावमा आफुहरुले काठमाडौंको बल्खुमा मंसिर ७ गते प्रदर्शन गर्न लागेको जनाएको हो । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले बल्खुमा हुने कार्यक्रमका लागि डेढ लाख मानिसहरू काठमाडौं आइसकेको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले उक्त अभियान दुर्गा प्रसाईको मात्रै नभएकाले उनलाई मात्रै जोडेर हेर्न नमिल्ने बताए । त्यस्तै उनले युवा संघले समेत सोही दिन गर्न लागेको प्रदर्शनले आफुहरुलाई फरक नपर्ने र आफुले कसैसंग प्रतिष्पर्धा गर्न प्रदर्शन नराखेको उल्लेख गरे ।

प्रदर्शनअघि लागि ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट र्याली गरि बल्खु पुग्ने महाअभियानले जनाएको छ ।