काठमाडौं – अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलनमा सहभागी भइ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना स्वदेश फर्किएका छन् ।

कतारको दोहामा आयोजना गरिएको उक्त सम्मेलनमा सहभागी भइ सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार स्वदेश फर्किएका हुन् ।


ADVERTISEMENT

#


स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा नेपालको सहभागीता अर्थपूर्ण र प्रभावकारी भएको बताए ।

उनले देशको आवश्यकता र रुचि अनुसार विभिन्न देशहरूसँग द्विपक्षीय भेटघाट गरिएको र प्रविधि, सूचना प्रविधि र टेलिकमको क्षेत्रमा सहकार्य गर्ने बिषयमा छलफल भएको जानकारी दिए । विश्वमा नयाँ–नयाँ प्रविधिहरू आउँदै गर्दा टेलिकम र सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले खुम्चिँदै गएकाले त्यसलाई विस्तार गर्ने बिषयमा पनि छलफल भएको उनले बताए ।


ADVERTISEMENT

#
#


मन्त्री तिमिल्सिनाले बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा छलफल भएको जनाए ।