काठमाडौँ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले सामाजिक सञ्जालमा भाइरल एक भिडियोसँग युवासंघलाई जोडेएको भन्दै ध्यानाकर्षण जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै युवा संघका अध्यक्ष क्षितिज थेवेले संगठनलाई बदनाम गराउने दुष्प्रयासका साथ भिडियो फैलाइएको दाबी गरेका छन् ।
मंगलबार राती भक्तपुरको एक पार्टी प्यालेसमा राती सुत्न तयार भएका महिलाहरुलाई केही युवाहरुले त्यहाँबाट बाहिर निकालेको भिडियो सार्वजनिक भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भोलि हुने कार्यक्रममा सहभागी हुन आएका ती महिलालाई युवासंघले आफ्नो कार्यकर्ताहरु लगाएर ती महिलालाई बास बसेको स्थानबाट निकालेको आरोप लागेको छ ।
तर, उक्त आरोपको खण्डन गर्दै अध्यक्ष थेपेले युवासंघले त्यस्ता कुनै पनि गतिविधि नगरेको जिकिर गरेका छन् । उनले जारी विज्ञप्तीमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा– विद्यार्थी विशेष कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौं, घुसपैठबारे हामीले आन्तरिकरुपमा छानविन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ ।’ युवा संघले त्यस्ता गतिविधि नगरको समेत उनले विज्ञप्तीमा बताएका छन् ।
दुर्गा प्रसाईं पक्षले भोलि (७ गते)काठमाडौँमा प्रदर्शन गर्दैछ । युवासंघले पनि भोलि नै कार्यक्रम राखेकाले यी दुई पक्षबीच प्रतिष्ठाको लडाईं बनको छ ।
के छ भिडियोमा ?
मंगलबार राती सामाजिक सञ्जाल ‘एक्स’मा एउटा भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा भक्तपुरको एक पार्टी प्यालेसमा राती सुत्नका लागि तयार भएका महिलाहरुको समूहलाई पार्टी प्यालेसबाट बाहिर निकालिएको देखिन्छ ।
भिडियोमा केही युवाहरुको समूहले ती महिलाहरुलाई भन्छन्, ‘हेलो दिदीहरु, ७ गतेको कार्यक्रममा आउनुभएको होइन त ?’ भनेर सोध्छन् । जवाफमा महिलाले उक्त कुरा स्वीकार गरेपछि ती युवा ‘तपाईंहरु उठिहाल्नु त’ भन्छन् । त्यसपछि एक महिला ‘हामी जान्छौँ, लुगा लगाउन दिनु न’ भन्छिन् ।
उनीहरुलाई छिटो गर्न भनेर ती युवाहरुले पार्टी प्यालेसबाट सबैलाई बाहिर निकालेको देखिन्छ । ती महिलाहरु इटहरीदेखि आएको थाहा पाएपछि काठमाडौँमा बस्न नदिने र आजै राती बस चढाएर इटहरी पठाउने भनी त्यहाँबाट निकालेको देखिन्छ ।
पुनः ती युवा भन्छन्, ‘देखाइदिन्छौँ भनेर आएको होइन तिमीहरु ? अब तिमीहरु सबैलाई लखेट्छौँ काठमाडौँबाट, हाम्रो ठाउँबाट ।