काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १६औं वर्ष पूरागरी १७औं वसन्तमा प्रवेश गरेको छ ।
१७औँ वार्षिकोत्सवको अवसरमा गरिमाले काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । जस अनुसार विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भगरिएको छ ।
यस्तै विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ भने विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको गरिमाले जनाएको छ ।
यस्तै गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण गरिएको, श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण गरिएको, गुरुकुल बृद्धाश्रम, स्याङ्जा मा न्यानो कपडा वितरण गरिएको, विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण गरिएको र भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण गरिएको गरिमाले जनाएको छ ।
यस्तै श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरिएको, अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण गरिएको तथा प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण विकास बैँकको भनाई छ ।
यस्तै गरिमाले ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना गरेको छ भने वित्तीय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको, सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिएको तथा काठमाडौंको बूढानीलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण गरिएको गरिमाले जानकारी दिएको छ ।
यस्तै नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण गरिएको र अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको विकास बैँकले जनाएको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।