काठमाडौँ– एशियन पेन्टस् नेपालले भूकम्पपिडितलाई सहयोग गरेको छ ।


ADVERTISEMENT


कम्पनीले विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त चेक एशियन पेन्टस् नेपाल प्रा. लिमिटेडका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनद्वारा मंसिर १२ गते मंगलवार माननीय प्रधानमन्त्रीज््युलाई हस्तान्तरण गरिएको छ ।

कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडको भूकम्प गएको थियो । भूकम्पमा परी सयौंले ज्यान गुमाएका थिए । संस्थाले सो दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।