काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । मख्यमन्त्री कार्कीले आइतबार मन्त्रीहरु शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूलाई जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT


जसअनुसार राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी काँग्रेसको कोटामा मन्त्री बनेका हुन् । यस्तै नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।


ADVERTISEMENT

# # #


यस्तै नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्राललयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री काकीले आफैसँग राखेका छन् ।