काठमाडौँ – सैनिक श्रीमती संघ (नेपाली सेना) को ४० औं वार्षिकोत्सवको अवसरमा जङ्गी अड्डामा आयोजित कार्यक्रममा आज प्रधान सेनापति प्रभुराम शर्माले संघको वार्षिक मुखपत्र ‘सेवा सुमन’ को विमोचन गरेका छन् ।


ADVERTISEMENT


उक्त अवसरमा प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेख रचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका छन् ।


ADVERTISEMENT

# # #


संघले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तर सैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्र छात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापतिले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका छन् ।

सोही अवसरमा प्रधान सेनापतिले संघले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरेका छन् ।

त्यसैगरिप्रधानसेनापति शर्माले नेपाली सेनाका सकलदर्जाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको वरदान फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पुर्‍याउनु हुने संघरसंस्थाहरूलाई कदर स्वरूप उपहार प्रदान गरेका छन् ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्र छात्राहरू लगायत अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

विमोचनका केही तस्बिरहरु