काठमाडौँ – “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
स्थानीय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य वहादुर थापा, सदस्य रज वहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव वहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।
डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।