काठमाडौँ – प्रहरीले युरोपेली मुलुक माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने जनालाई पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले सोमबार जुम्लाको हिमा गाउँपालिका–५ का धर्मेन्द्र शाहीलाई काठमाडौँबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार शाहीले सोम्बार तामाङसहत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिने र त्यसका लागि १० लाख लाग्ने भन्दै प्रलोभन देखाएर पटकपटक गरी ७ लाख ५ हजार ठगी गरेका हुन् । माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र तलब मासिक १ लाख १० हजार हुने भन्दै ठगी गरेको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेको शाहीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।