काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा आइतबार प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

#


तिहारअघि गत सोमबार प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयता १४ हजार १ सय रुपैयाँले घटिसकेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । शुक्रबार ३ हजार ७ सय रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

#
#


तिहारयता चाँदीको मूल्य प्रतितोला २ सय ५५ रुपैयाँले घटेको छ । गत सोमबार प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य अहिले ३ हजार ६ सय रुपैयाँमा झरेको हो ।