काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा तथा स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले मङ्सिर ४ गते प्रमुख राजनीतिक दलहरूलाई बोलाएको जानकारी दिइएको छ ।

छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचन आयोगले मङ्सिर ४ गते राजनीतिक दलहरूसँग छलफल गर्न लागेको बताएका हुन् ।


ADVERTISEMENT

#


उनले आयोगसँगको छलफलपछि तय हुने निर्वाचन मितिअनुसार नेपाली कांग्रेसका सबै तहका निकायलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित गराइने बताए ।

निर्वाचनको तयारी र पार्टीको आगामी रणनीतिका विषयमा आयोगसँगको छलफल महत्वपूर्ण हुने उनको भनाइ थियो ।


ADVERTISEMENT

#
#