काठमाडौँ – महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति पौडेल शुक्रबार अपरान्ह पाशुपत क्षेत्रमा पुगेर पशुपतिनाथको दर्शन गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, पूmलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष शिवरात्रिका अवसरमा नेपालका राष्ट्राध्यक्षले आराध्यदेव एवम् राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । विश्व सम्पदाको सूचीमा रहेको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।