काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले केन्द्रमा विकसित घटनाक्रमको असर मधेश प्रदेश सरकारमा देखिएको हुनसक्ने जनाएको छ ।


ADVERTISEMENT


मधेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै जसपा नेपालका प्रवक्ता मनिष सुमनले केन्द्रीय परिस्थीति अनुसार नै मधेशमा एमाले र माओवादीले सरकार छाडेको हुनसक्ने बताए ।


ADVERTISEMENT

# # #


उनले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा पार्टीमा अनौपचारिक छलफल चलिरहेको भन्दै सोमबार केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी दिए । केन्द्रमा जसपा नेपालबाट मन्त्री बनेकालाई राजीनामा दिन प्रधानमन्त्रीको दबाब आएको हो भन्ने प्रश्नमा प्रवक्ता सुमनले आफु प्रधानमन्त्री कार्यालयको नभई जसपा नेपालको प्रवक्ता भएकाले यसको पुष्टि प्रधानमन्त्री कार्यालयले नै गर्नुपर्ने जिकिर गरे ।

उनले अहिले केन्द्रमा पनि परिस्थिति फरक हुदै गएकाले सवैलाई मध्यनजर गर्दै सोमबार उपयुक्त निर्णय गर्ने धारणा राखे । प्रवक्ता सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेर गएपनि जसपा नेपाल अहिले पनि संगठनमा बलियो नै रहेको दाबी गरे ।