काठमाडौँ – भर्खरै बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालले दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । आइतबार आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एआईजी ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


ADVERTISEMENT


यस्तै सोही समारोहमा अर्को एआईजी उमेशराज जोशीले समेत दर्ज्यानी चिह्न पाएका छन् । मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए ।


ADVERTISEMENT

# # #


दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।

सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यवसायिकता झल्काउने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए ।