काठमाडौँ–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने सम्बन्धमा कांग्रेस लचिलो बनेको छ ।


ADVERTISEMENT


आइतबार आफ्नो नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


शाहीका अनुसार संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको कांग्रेस यस विषयमा संसदमा रविलाई सदनमा बोल्न नदिने पक्षमा थियो । तर, विपक्षी मोर्चाहरुको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

बैठकबाट रविले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएको खण्डमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी पारित भएको उनको भनाई छ । अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल संसद चल्न नदिने बैठकले निर्णय लिएको शाहीले बताए ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार प्रतिनिधि बैठक अवरुद्व गर्दै आएको छ ।

यसैगरि, सदनमा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दैछन् । यदि प्रतिपक्षलाई रविको जवाफ चित्त नबुझे या संसद अवरोध जारी राखे विश्वासको मत लिने प्रक्रिया पनि अवरुद्ध हुन सक्ने देखिएको छ ।