काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो व्यवस्थापकीय नेतृत्वमा परिवर्तन गर्दै लक्ष्मणप्रसाद जैसीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको ३८०औँ बैठकले जैसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति मंसिर २ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

#


यसअघि कम्पनीमा नायब महाप्रबन्धकका रूपमा कार्यरत जैसीलाई बढुवा गर्दै नायब सीईओको जिम्मेवारी दिइएको हो ।

उक्त निर्णयबारे कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ ।


ADVERTISEMENT

#
#