हेटौंडा – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहीबार बिहान भीमफेदी गाउँपालिका–१ भैंसे बजारनजिक हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो राप्ती खोलामा खस्दा दुर्घटना भएको हो।


ADVERTISEMENT

#


ना १ ज २१४३ नम्बरको सुमो बिहान करिब साढे ८ बजे त्रिभुवन राजपथबाट खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले दुई महिला र एक पुरुषलाई मृत घोषणा गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी छ। घाइते सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

भीमफेदी क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना दोहोरिन थालेका छन्। यसअघि कात्तिक २६ गते सोही गाउँपालिकाको चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।


ADVERTISEMENT

#
#


यससँगै भीमफेदी क्षेत्रमा पुनः भएको अर्को गम्भीर दुर्घटनाले सडक सुरक्षा र जोखिमपूर्ण यातायातबारे प्रश्न उठाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।