काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्ने भन्दै राजीनामा दिएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरुबीच निकै आशा गरेको भन्दै सवै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सोडारीले सय दिनभन्दा बढी प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे ।

त्यस्तै सम्बोधनका क्रममा उनले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन पनि भ्याए । केन्द्रमा भएको सत्ता समिकरण फेरबदलसंगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए ।