काठमाडौँ – मिस नेपाल २०२४ को उपाधि आशाकुमारी केसीले हात पारेकी छन् । शनिबार काठमाडौँमा भएको फिनालेमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै केसी मिस नेपाल वर्ल्ड बन्न सफल भएकी हुन् ।


ADVERTISEMENT


उनलाई मिन नेपाल २०२३ श्रीच्छा प्रधानले मिस नेपालको ताज पहिर्याइदिएकी छन् । यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।


ADVERTISEMENT

# # #


द हिडेन ट्रेजरको आयोजनामा प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता हुँदै आएको छ । मिस नेपाल बनेकी केसीले अब विश्व सुन्दुरीहरुको प्रतियोगिता मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन् ।

मिस नेपाल इन्टरनेसनलको उपाधी करुणा रावत, मिस नेपाल अर्थको उपाधी सुमना केसी, मिस नेपाल वर्ल्डको उपाधी आसमाकुमारी केसी । तस्बिरः रासस