काठमाडौँ – नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको 9N-AJD हेलिकप्टर कल साइनको हेलिकोप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको पुष्टी भएको हो ।
स्रोतका अनुसार हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दिउँसो १ बजेर ५४ मिनेट जाँदा उडेको थियो । हलिकोप्टरमा क्याप्टेनसहित ४ जना विदेशी यात्रु सवार रहेको बताइएको छ । हेलिकोप्टर घुर्टटनामा परेको जानकारी पाएपछि सुरक्षार्कीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।



























































