काठमाडौँ – प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन २३ गते कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट उक्त परिमाणको लागू औषधसहित पक्राउ गरिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । बरामद गरिएको लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रुपैया रहेको उनले बताए ।

उनलाई लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।