काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ ।


ADVERTISEMENT


बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको फाइनलमा बंगलादेशले घरेलू टोली नेपाललाई ४–१ ले पाखा लगाउँदै पहिलो पटक उपाधि जितेको हो ।


ADVERTISEMENT

# # #


बंगलादेशका लागि पहिलो हाफको अतिरिक्त समयमा मिराजुल इश्लामले फ्रिकीकमार्फत शानदार गोल गरेका थिए । यस्तै दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा पनि मिराजुलले नै दोस्रो गोल गरे ।

यस्तै खेलको ७१औँ मिनेटमा रवि हुसेनले व्यक्तिगत पहिलो र बंगादेशका लागि तेस्रो गोल गरे भने ९३औँ मिनेटमा पियास नोभाले गोल गर्दै बंगलादेशलाई ४–१ को शानदार जित दिलाए । यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराए पनि फाइनलमा भने पराजित हुन पुगेको हो ।

खेलको ७९औँ मिनेटमा नेपालका समीर तामाङले गोल फर्कापछि जितका लागि प्रयाप्त भएन । सेमिफाइनलमा नेपालले भुटानलाई हराएको थियो भने बंगलादेशले साविक विजेता भारतलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेका थियो ।