काठमाडौ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले अखिल नेपाल फुटबल संघ अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगाएत कार्य समितिलाई धन्यवाद दिएका छन् । एन्फाको केन्द्रिय कार्य समितिको बैठकले गोदावरी नगरपालिका स्थित चापागाउँको टाहाखेलमा निर्माण हुँदै गरेको मिनि रंगशाला ठप निर्माणको लागि रु १ लाख डलर दिने निर्णय गरे पछि मन्त्री महर्जनले भेटेरै एन्फा अध्यक्ष नेम्वाङलाई धन्यवाद दिएका छन् । मन्त्री महर्जनले सम्पुर्ण गोदावरी नगरबासीको तर्फबाट धन्यवाद ब्यक्त गरे।
मन्त्री महर्जन बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री नियुक्त भए लगत्तै एक हप्ता नबित्दै एन्फा केन्द्रिय कार्यालय पुगेर अध्यक्ष नेम्वाङ संघ उक्त रंगशाला निर्माणको लागी आर्थिक सहयोग लागि आग्रह गरेका थिए। महर्जनको आग्रहलाई एन्फा अध्यक्ष नेम्वाङले सहयोग गर्ने प्रतिबद्धता ब्यक गरेका थिए। मन्त्री महर्जन र अध्यक्ष नेम्वाङ बिच सुमधुर सम्बन्ध रहेको एन्फा एक पदाधिकारीले बताए ।
२०७४ सालको स्थानीय निर्बाचन बेलामा चुनाब प्रचार प्रसार गर्ने क्रममा अहिले निर्माण हुँदै गरेको रंगशाला नजिक रहेको एक पार्टी प्यालेसमा पार्टी को एक कार्यक्रममा मन्त्री महर्जनले खेलाडीहरु ठुलो जमातमा नेपाली कांग्रेस तर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जन चुनाब जिताउनुस गोदावरी नगरपालिका भित्र एउटा मिनि रंगशाला बन्छ भनेर मन्त्री महर्जनले त्यति बेला नै उद्घोष गरेका थिए। गजेन्द्र महर्जन मेयरमा निर्बाचित भए पश्चात् उक्त रंगशाला निर्माण कार्य धमाधम हुँदै थियो, तर उक्त रंगशाला बन सिमानामा भित्र पर्छ भनेर बनले नगरपालिकालाई मुद्दा हाले। बिचमा निर्माण कार्य रोक्यो।
पछि नगरपालिकाले मुद्दा जितेपछि अहिले नगरपालिकाको केही लगानीमा निर्माण कार्य भैइ रहेको छ। युवा तथा खेलकुद मन्त्री महर्जनले पद बहाली गरेकै दिन उक्त रंगशाला बहुवर्षिय योजना मार्फत निर्माण सम्पन्न गर्ने निर्णय गरेका थिए। मन्त्री महर्जन युवा तथा खेलकुद नियुक्त भए पछि देशै भरीका खेलाडी र खेलकुद प्रेमीहरुमा खुशीयाली छाएका थिए।
खेलकुद क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका महर्जन करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी हुनुका साथै अन्तर्राष्ट्रिय रेफ्री समेत भई सकेका ब्यक्ति हुन् । महर्जन २०६६ सालमा खेलकुद परिषदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत थिए। त्यसै कारण महर्जनलाई खेलकुद क्षेत्रमा भीष्मपितामा नै मानिन्छन् ।



























































