काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
आइतबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको आयोगको टोलीले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेर उपनिर्वाचनका लागि उक्त मिति सिफारिस गरेको हो ।
हाल विभिन्न स्थानीय तहका विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्। भेटपछि प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले चाँडै मिति टुंग्याउने बताए ।



























































