काठमाडौँ– सरकार र यातायात व्यवसायीबीच सात बुँदे सहमति सम्पन्न भएको छ ।


ADVERTISEMENT


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शनिवार भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित सुनिश्चित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्नेलगातयतका विषयमा सहमति जुटेको हो ।


ADVERTISEMENT

# # #


छलफललेघटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने, विपी राजमार्ग सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय र नेपाल प्रहरीमा अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै सम्झौता अनुसार छठपछि भाडादर समायोजन गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिने सहमति भएको छ भने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने निर्णय समेत भएको छ ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायहरुसँग सम्बन्धित सुझावहरु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने लगायतका निर्णय भएका छन् ।

यस्तो छ सरकार र यातायात व्यवसायीबीच भएको सहमति