डिशहोम ले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।


ADVERTISEMENT


यस योजना अन्तर्गत, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीको भनाई छ ।


ADVERTISEMENT

# # #


यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लायन्सका सामानहरू, इन्टेल ए६०एस स्मार्टफोन, मिभि डुओपोडस् टी२० एयरबड्स, र डिशहोम फोरके स्ट्रिम जस्ता उपहारहरू जित्न सक्नेछन्।

यति मात्र होइन, बम्पर लक्की ड्र अन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लायन्स को फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको कम्पनीको भनाई छ ।

डिशहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लायन्स का सामानहरूमा ४० प्रतिशत सम्मको छुट, मिभि डुओपोडस्मा ५४ प्रतिशतसम्मको छुट, र फायर बोल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ ।

कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्र मा सहभागी हुन पाउनेछन्।

डिशहोम ले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो। आजै आफ्नो नजिकको डिशहोम डिलर सँग सम्पर्क गरेर वा ०१-५९७०३६५ मा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ।

डिशहोम को यो खुशीको सेलिब्रेसन अफरले सबैलाई इन्टरनेट कनेक्सनसँगै उपहारहरूको अनुभूति गराउँदै खुसीयाली थप्नेछ।