काठमाडौँ – युएईमा जारी आईसीसी महिला यू–१९ विश्वकप एशिया क्षेत्र छनोट क्रिकेट प्रतियोगिताको अन्तिम र निर्णायक खेलमा युएईले नेपालाई ८४ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिले ब्याटिङ युएईले निर्धारिच २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन बनाएको हो । युएईका लागि कप्तान समिका धरणीधरकाले सर्वाधिक ३१ रन हानिन् । ४८ बल खेलेकी उनले एक चौका प्रहार गरिन् । यस्तै रिनिथा रजितले २०, लाभन्या केनीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


बलिङतर्फ नेपालकी करिश्मा गुरुङले सर्वाधिक ४ विकेट चट्काइन् । ४ ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन् । यस्तै रिया शर्मा र सीमा केसीले समान २–२ विकेट लिए भने रचना कुमारी चौधरीले १ विकेट हात पारिन् । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

४ राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकामा युएई ५ खेलमा ५ जितसहित १० अंकका शीर्ष स्थानमा रहेको छ । यता ५ खेलमा ४ जित हात पारेको नेपाल ८ खंकका साथ दोस्रो स्थानमा रहेको छ ।

त्यसैले आगामी वर्ष मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा छनोट हुन नेपालले आज युएईलाई हराउनै पर्ने दबाब रहेको छ । नेपालले हराएर मात्रै पुग्नेछैन, किनकी त्यसपछि युएईको र नेपालको अंक बराबरी हुनेछ ।

यस्तो अवस्थामा नेट रनरेटमार्फत विजेता टुंगो लाग्नेछ । युएईको नेट रनरेट राम्रो रहेकाले उसलाई नेपालले आज फराकिलो अन्तरले हराउनुपर्ने छ ।