काठमाडौं – ह्याम्स अस्पताल नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको हस्पिटल पार्टनर बनेको छ । काठमाडौँमा शनिबारदेखि सुरु भएको पहिलो संस्करणको एनपीएलको लागि ह्याम्सले लुम्बिनीसँग हस्पिटल पार्टनरको सम्झौता गरेको हो ।


ADVERTISEMENT


सम्झौता अनुसार लुम्बिनी लायन्सका खेलाडीले ह्याम्स अस्पताल पुगेर आफ्नो ‘होल बडी’ चेक गराएका छन्। सम्झौतामा नेपाल प्रिमियर लिगको अभ्यास तथा खेलका दौरानमा कुने चोटपटक लागे ह्याम्म अस्पताल लुम्बिनीको अस्पताल पार्टनरका रुपमा उपचार गर्ने भनिएको छ।


ADVERTISEMENT

# # #


नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित कुमार पौडेलले राम्रो सेवा दिइरहेको ह्याम्स अस्पतालमा क्लबका सबै खेलाडिले होल बडी जाँच गरेको बताउदै राम्रो चेक भएको र अस्पतालको सेवा पनि राम्रो लागेको बताए।