काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न भारत गएका हुन्।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्। भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# #


भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हुन लागेको भ्रमणका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।