पोखरा– जिल्ला अदालत कास्कीमा रास्वपा कार्यकर्तालाई अदालत छिर्न दिएको भन्दै सूर्यदर्शन सहकारीका बचतकर्ता प्रदर्शनमा उत्रिएका छन् ।


ADVERTISEMENT


सूर्यदर्शन सहकारीको रकम अपचलनका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । जारी थुनछेक बहसमा रास्वपा कार्यकर्तालाई अदालत छिर्न दिएको भन्दै सूर्यदर्शन सहकारीका बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


अदालतमा आफूहरूलाई छिर्न नदिएको तर रास्वपाका कार्यकर्तालाई छिर्न दिएको भन्दै उनीहरु आक्रोशित भएका छन् । प्रदर्शनकारीले अदालतअघि सुतेर सोको विरोध जनाएका छन् ।