काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका रुपमा दिने अभिव्यक्तिमा सिमित हुने देखिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष दाहालले जुनसुकै दल सरकारमा रहे पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सधै सुशासन र समृद्धिका कुरा गर्ने गरेको भन्दै उक्त विषय आदर्शका रुपमा दिने अभिव्यक्तिमा सिमित हुने देखिएको महसुस आफूलाई भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सुशासन र समृद्धिका विषय जीवन व्यवहारमा लागू हुने नदेखिएकाले गुनासाहरु धेरै आउने गरेको उनले बताए । उनले आदर्श एउटा विषय भए पनि कार्यान्वयन वा जिवनव्यहारमा लागू गर्ने विषय फरक–फरक रहेको धारणा राखे । सञ्चारमाध्यमले सुशासन र समृद्धिसंग जोडिएर आएका विषयमा देखिएका अन्तरविरोधलाई खुलस्त राख्नुपर्ने उनको भनाइ छ । अध्यक्ष दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्य र तथ्य हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको जिकिर गरे ।

उनले पत्रकारिता क्षेत्रलाई जवाफदेही र मर्यादित बनाउन आफ्नो तर्फबाट सदैव सकारात्मक सहयोग हुने प्रतिवद्धता जनाए ।