काठमाडौँ – सिमेन्ट उत्पादन र आपूर्तिबारे नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघबीच सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उक्त सहमति भएको हो ।
जस अनुसार सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने सहमति भएको छ । यस्तै सिमेन्ट उत्पादनका लागि उद्योग मन्त्रालयले उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग सञ्चालन गर्ने वातावरण निर्माणको आवश्यक पहल गर्नेछ ।
यस्तै सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संग संगै अगाडी बढ्ने सहमति भएको छ ।
सहमति कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको समय उपस्थिति रहेको थियो ।