• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड



Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

माघ ११, २०८१ |

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

866
SHARES
ShareTweet

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् ।


ADVERTISEMENT


लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए ।


ADVERTISEMENT

# # #


मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारे ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ । उनले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताए ।

वर्तमान सरकारले अर्थतन्त्र सुधारसहित सुशासन र विकास प्राथमिकतामा राख्दै जनताको चाहनाअनुसार विकास गरिरहेको सञ्चारमन्त्री गुरूङले बताए । चाहे जति विकास भइनसके पनि विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उनको भनाइ छ । त्यस्तै गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले प्रदेश सरकारले जनताको प्राथमिकताका आधारमा काम गर्दै आएको बताए । रासस



#










#


#

#
#

#



#

#

Share:

Rate:

Previousलोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा
Nextजन्मदिन किन मनाउने ? पूर्वीय दृष्टिकोण र जीवनको सार्थकता

ताजा खबर

  • सगरमाथाको गौरवसँगै नेपाली आरोहीको भविष्य सुनिश्चित गर्न सांसद शेर्पाको आग्रह
  • प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्ड सम्पन्न
  • नेपालमा एसआरएम ईभीको बजार विस्तार तीव्र, १,१११ पछि १० हजारको लक्ष्य
  • कांग्रेसको विदेश संगठनमा नेतृत्वको लहर, १४ देशमा नयाँ सभापति
  • कुष्ठरोगीमाथि विभेद रोक्न सुनिता डंगोलको अपिल ‘रोग होइन, व्यक्तिलाई हेर्ने सोच बदल्नुपर्छ’

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved