काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक संवाद सुरु भएको छ ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको हो । बैठकमा दुवै देशका उच्च पदस्थ अधिकारी तथा प्रतिनिधिहरू सहभागी छन् । बैठकअघि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।


ADVERTISEMENT

# #


यसअघि राष्ट्रपति भवनमा भारतीय सेनाले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीले उनलाई औपचारिक स्वागत गर्दै अंकमालसमेत गरेका थिए । त्यसपछि शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त सञ्चार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने र भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किनेछन् ।


ADVERTISEMENT

#
#