काठमाडौं – नेपालको पहिलो केबलकारका रूपमा स्थापित मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको जनाएको छ ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकार नेपालको पर्यटन तथा पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यो परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।


ADVERTISEMENT

# #


२९औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केबलकारको विकास र विस्तारमा साथ दिने ग्राहक, कर्मचारी, स्थानीय समुदाय, सरकारी निकाय तथा पर्यटन क्षेत्रका साझेदारप्रति आभार व्यक्त गरेको छ ।

कम्पनीले आगामी दिनमा यात्रुलाई थप गुणस्तरीय सेवा र उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।


ADVERTISEMENT

#
#