काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्चाउने काम गरेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले चार दिन अघि नै प्रधानमन्त्रीलाई लिखित रुपमा दिएको प्रश्न सोध्दा उल्टै प्रतिपश्न गरेर प्रधानमन्त्रीले सांसद साहलाई होच्चाउने काम गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार सवै सांसदलाई रहेको भन्दै नियमावलीमा रहेर प्रश्न गर्दा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई त्यसलाई सहज ढंगले जवाफ दिन सक्नुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीको जवाफमा नियमापत्ति गर्न पाउने अधिकार सांसदलाई रहेपनि सांसद साहलाई बोल्न नदिएको धारणा राखे । उनले सरकार आफ्ना विरोधी प्रति थप निरंकुश हुदै गएको जिकिर गरे ।

सांसद दाहालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पारित नहुँदै ऐनको कार्यान्वयन प्रधानमन्त्रीले रोष्टमबाटै गरेको टिप्पणी गरे ।