काठमाडौँ– ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको घटना अनुसन्धान गर्न भारतमा मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन भएको छ ।


ADVERTISEMENT


नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको हो । यस घटनासम्बन्धमा केआईआईटी कलेजसंग निरन्तर सम्पर्कमा रहेको बताउदैँ काठमाडौँस्थित दूतावासले उच्चस्तरीय समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने बताएको छ।


ADVERTISEMENT

# # #


यसैगरि, विद्यार्थीहरू विरुद्ध भएको दुर्व्यवहारको रिपोर्टको पनि अनुसन्धान भइरहेको छ र जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार जवाफदेही बनाइने जनाइएको छ।

केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी लम्सालको रहस्यमय मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग सहित त्यहाँस्थित नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा कलेज प्रशासनले विद्यार्थीलाई सहयोग गर्नुको साटो उनीहरुलाई कलेजबाट निकाला गरिएको खबर सामाजिक सञ्जालमार्फत भाइरल भएको थियो । सामाजिक सञ्जालमा त्यसको चौतर्फी विरोध भएपछि भारतीय प्रहरी नै नेपाी विद्यार्थी रोक्न राति ११ बजे रेलवे स्टेशन पुगेका थिए ।

यससंगैओडिशा राज्य सरकारले यस विषयमा जानकारी लिदैँ यसमा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गरी गल्ती गर्ने अधिकारीहरूविरुद्व निलम्बन कदम चालेको छ।

सो क्रममा भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थी विरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ भनेओडिशा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ। ओडिशा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ।

हेल्पलाइन नम्बरदेखि माफीसम्म

ओडिशा प्रहरीले २४ सै घन्टा रहने गरी नेपाली विद्यार्थीका लागि हेल्पलाइन नम्बर ९१–८२८०३३८३०१ उपलब्ध गराएको छ । जसमा सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।

ओडिशा सरकारले नेपाली विद्यार्थीहरू सहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्ने विश्वास समेत दिलाएको छ।

यस्तै, केआईआईटीलले पनि ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिदैँ नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपील गरेको छ। यसले नेपाली विद्यार्थीहरूको स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा २४ घन्टा सातै दिन समर्पित नियन्त्रण कक्ष पनि स्थापना गरेको छ।

यसैगरि, केआईआईटीले दुई सुरक्षा गार्डहरूको सेवा पनि समाप्त गरेको छ, र दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानको लागि विचाराधीन सोधपुछ गरेको छ।

केआईआईटीका उपकुलपतिले पनि आफ्ना कर्मचारीहरूको टिप्पणी र व्यवहारको लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीहरूलाई नियमित शिक्षामा सामेल हुन अपील गरेका छन्।

भारत सरकारले समेत भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने प्रतिबद्वता व्यक्त गरेको छ।