सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली बचाउनका लागि ठूला दल मिलेर सरकार बनाउनुपरेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साधारण अवस्थामा दुई मुख्यप्रतिष्पर्धी मिलेर सरकार बन्ने प्रचलन नरहेपनि देशको प्रणाली बचाउनका लागि ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका हुन् । अराजकता मच्चाएको भरमा सत्ता कब्जा गर्ने र प्रणालीका साथै संविधानलाई फाल्ने प्रयास भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले अहिले हरेक मान्छेले आफुलाई राजा जस्तो संविधान मान्नु नपर्ने कुरा गर्ने गरेको भन्दै यसलाई नियन्त्रण गरेर छाड्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपपूर्व नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गरे ।

विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको उनले बताए । उनले लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरु समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने दाबी गरे ।

उनले कुनै अरोप प्रत्यारोपमा नलागी तीनै तहका सरकरको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आव्हान गर्दै नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो संकल्प रहेको जनाए । प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूराका पूरा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट पारे ।