काठमाडौँ– रामनामप्रभावेण प्रह्लादो न दहेऽग्निना।
भस्मीभूता तु होलिका, नाम तेजो विभाव्यते॥
पृष्टोऽसौ दैत्यराजेन, किं नामाग्निर्न दह्यते। शीतलं हि हुताशोऽयं रामनामप्रभावतः॥
सर्वेभ्यश्चेति सन्देशः, नाम यत् परमं बलम्। तस्मात् तद्दिवसं पुण्यं, पर्वरूपेण पूज्यते॥
जगत् गुरु महायोगी सिद्वबाबाले गर्नुभएको होली पर्वको विशेष सत्संग
सत्ययुगमा हिरण्यकश्पु नामक दानव राजा थियो । उसको प्रताप , तेज , सिद्धि एवं सामर्थ्य अमरिमित थियो । उक्त महातेजस्वी बलशाली हिरण्यकश्यपु को सामना गर्न तिनै लोकमा कुनै योद्धा , विर , देवता , दिक्पाल , यक्ष , गन्धर्व , किन्नर , नाग , नर कसैको पनि सामर्थ्य थिएन । यस्तो महाभयानक शक्तिशाली दानवको मान मर्दन गर्न एउटा सानो बालक उसैको घरभित्रबाट अगाडी सर्नुहुन्छ ।
कसरी एउटा रामाश्रित बालकलाइ नष्ट गर्न सकिन्छ भनेर अनेक प्रकारका षडयन्त्रको तानाबानाको प्रयत्न गरिरहेको हिरण्यकश्यपु र उसका समस्त अनुयायीहरू सबै प्रकारका युक्ति-उपायहरू गरेर केहि सिप नलागेपछी हार खाएर बसेका हुन्छन् । तब हिरण्यकश्यपुलाइ प्रशन्न पार्नका लागी उसकी बहिनी होलिका आफूलाइ वरदान स्वरूप प्राप्त भएको क्षमतालाइ दुरूपयोग गर्न अगाडी सर्छे ।
यदि आफूसंग ज्ञान , धन , मान ,पद , प्रतिष्ठा रूपी सामर्थ्य छ र त्यसबाट लोकहितको कार्य नगरी आफ्नो स्वार्थपूर्ति र निच कर्म गरिन्छ भने त्यस्तो सामर्थ्यले उसैलाइ जलाएर नष्ट गर्छ । यहाँ होलिका संग पनि यहि घटना घट्यो । हिरण्यकश्पुले प्रशस्त मात्रामा अग्राख र खयरका खरा भन्दा खरा दाउराहरू थुपारेर चिता बनाएर महाभयानक दावानल अग्नि प्रज्वलित गर्यो । आफ्नो वरदानी शक्तिले भक्त प्रह्लादलाइ काखमा लिएर उक्त अग्निको मध्यमा होलिका बसी ।
भक्तराज प्रह्लादलाइ भगवान नामको महिमा ( प्रताप भलिभाँति) ज्ञात थियो । आज समस्त चराचर जगतलाइ उनले श्रीरामनामको प्रताप प्रकाशन गर्नु थियो । निमित्त पात्र श्रीप्रह्लाद जी अन्तर हृदयमा प्रेम , आँखामा प्रेम अश्रुपातको साथमा श्रीरामनामको उच्चारण गर्न थाल्नुभयो । चारैतर्फ अग्नि प्रज्वलित भयो । उक्त दावानल अग्नि नौ दिनसम्म बलिरह्यो । नवौं दिनमा उक्त महाभयानक दावानल अग्निले दुष्ट चरित्र भएकी , आततायी , अत्याचारिणि , मातृ हदय विहिन , कठोर हृदय भएकी चण्डालिनी होलिका जलेर भस्म भइ । र जसरी अग्निको रापमा तापिएको स्वर्ण कुन्दन बनेर ज्वाजल्यमय हुन्छ ।
त्यसैगरी उक्त अग्नि शिखाको मध्यमा दुइ करबद्ध भएर श्रीरामनामको जप गरिरहेका प्रह्लादजी लाइ देखेर हिरण्यकश्यपु आश्चर्यचकित भयो र हातमा तलवार लिएर क्रोधावेशमा उक्त दावानल चिताको चारैतिर फनफनी घुम्दै चिच्याएर भन्न थाल्यो ( ‘ए प्रह्लाद ! यस्तो भयानक दावानल अग्निले तँलाइ किन स्पर्श गरिरहेको छैन रु तँ किन जलेर भस्म भइरहेको छैनस रु कुन जादु , कुन मन्त्र , कुन सामर्थ्य छ तँ संग रु तब अत्यान्त सुमधुर आवाजमा भक्तराज प्रह्लाद भन्नुहुन्छ :
रामनाम जपतां कुतो भयं सर्वतापशमनैकभेषजम्।
पश्य तात मम गात्रसन्निधौ पावकोऽपि सलिलायतेऽधुना ॥
(नृसिंह पुराण)
प्रहलाद जी रामनाम को महत्व लाइ भलिभाँति बुझ्नुहुन्थ्यो । तब उहाँले सुमधुर आवाजमा भन्नुभयो कि, ‘हे पिता ! श्रीरामनाम जापकलाइ के को भय ? जसको आश्रीत जुन जीव छ , उसलाइ के को भय ? ताप कुन कुराको ? तापको पनि सम्पूर्ण तापहरूलाइ समन गर्ने तापहरण रामनाम नै त सम्पूर्ण तापहरूको निवृत्ति को एकमात्र उपाय हो ।’ हे तात ! श्रीरामले प्रतिज्ञा गर्नुभएको छ , ‘सकृदेव प्रपन्नाय तवास्मिति च याचते , अभयंसर्वभूतेभ्यो ददाम्यतद्व्रतम् मम ।’ एकपटक पनि आचार्य अनुगरत भएर जसले मलाइ ‘ हे राम म हजुरको शरणमा छु’, भनेर पुकार्छ । ‘म प्रतिज्ञा गर्छु त्यस्ता भक्तका समस्त भयलाइ समाप्त गरि अभय प्रदान गर्नेछु । समस्त भुत(प्रेत , यक्ष , गन्धर्व ( किन्नर , नवग्रह श्राप , ताप , पाप समस्त भयहरूबाट म उसको रक्षा गर्छु ।’ यो श्रीवचन यहाँ प्रत्यक्ष प्रमाणित भएको प्रमाणलाइ राख्दै श्री प्रह्लाद जी भन्नुहुन्छ, ‘पश्यतात मम गात्र सन्निधौ , बाबकोपी सलिलायते धुन ।हजुर दृष्टिगत गर्नुहोस मेरो शरीर को चारैतिर निकट रहेको दावानल अग्निले पनि मलाइ जल एवं चन्दन कै समान सीतलता प्रदान गरिरहेको छ ।’
राम बिनु केहि गति जग माहीं, करउँ प्रनाम सदा तेहि पाहीं॥
अतः यो होली पर्व केवल रंग को मात्र नभएर, आफु भित्रको अहंकार एवं विकारहरूलाई जलाएर श्रीराम नाम को भक्तिरसमा रंगिने पर्व हो ।यस शुभ अवसर मा, हामी प्रेम, भक्ति एवं आध्यात्मिक आनंद द्वारा अफ्नो जीवनलाई सुशोभित गरौँ । भक्त प्रह्लाद कै भांति श्रीराम नाम को आश्रय लिएर अफ्नो लक्ष्य तर्फ अडिग संकल्प को साथ बढौँ ।
सम्पूर्ण भक्तजनहरूमा श्री राम नाम प्रताप प्रकाशन दिवस अर्थात् होली महापर्व को हार्दिक मंगलमय शुभकामना !
नाम जपत प्रभु केन्य प्रसादु ।
भगतशिरोमणि भए प्रह्लादु ।।