काठमाडौं – भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किदै छन् ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा उपलब्धिबारे परराष्ट्रमन्त्री शिशिर खनालले विमानस्थलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कार्यक्रम तय भएको छ ।
सोमबार साँझ ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा प्रेस ब्रिफिङ आयोजना गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै रेल सेवा सञ्चालन, पूर्वाधार, ऊर्जा तथा अन्य क्षेत्रमा सहकार्य अघि बढाउने सहमति भएको थियो ।
परराष्ट्रमन्त्रीको ब्रिफिङमा भ्रमणका उपलब्धि र आगामी दिनमा दुई देशबीच अघि बढाइने सहकार्यबारे थप जानकारी आउने अपेक्षा गरिएको छ ।



























