काठमाडौँ– सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको छ ।


ADVERTISEMENT


आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, चाँदी रू एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।