झापा – झापामा पहिलोपटक ऐतिहासिक पावरलिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
कनकाई नगरपालिका–सुरुङ्गामा आगामी मंसिर १२ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । झापामा पावरलिफ्टिङ खेलको प्रवर्द्धन तथा स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक गरिएको छ ।
शक्ति, साहस र शारीरिक क्षमताको प्रदर्शन हुने प्रतियोगिताले जिल्लामा पावरलिफ्टिङ खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
आयोजकले प्रतियोगितालाई खेलप्रेमी तथा खेलाडीहरूको उत्सवका रूपमा लिँदै सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
प्रतियोगिता मंसिर १२ गते झापाको कनकाई नगरपालिका, सुरुङ्गामा आयोजना हुनेछ ।



























