काठमाडौँ– नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सामाजिक सञ्जालबाट हौसला दिएका छन् ।


ADVERTISEMENT


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत आइतबार सुझाव दिँदै रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ,’ उनले भनेका छन्, ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् । यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।’

प्राधिकरणको कार्यकारीमा शाक्य नियुक्त भएयता बिजुली गइरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । त्यसलाई रिमालले सामाजिक सञ्जालमा न्यारेभिट निर्माणमा खटाइएका व्यवसायीले छरेको भ्रम बताएका छन् ।

‘देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्,’ रिमालको दावी छ ।

बिजुली कसरी आयो भन्ने थाहा नपाई समाजले बिजुली ल्याइदिने देवता खडा गरेको रिमालको जिकिर छ ।

शाक्य काबिल र इमान्दार रहेको चर्चा गर्दै उनले भनेका छन्, ‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ । बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।’

हेर्नुहोस् उनको पोष्ट