काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ ।
लाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।
उक्त रिटमाथि मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।
रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा। नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका उनको सुनुवाई स्थगित भएको हो ।
यद्यपि सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति भने तोकेको छैन ।