काठमाडौँ– नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् ।


ADVERTISEMENT


बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।

पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।