काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको स्कल्याण्ड सिरिजको पहिलो खेलमा नेपालले घरेलू टोली स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दैछ । स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


ADVERTISEMENT


स्कटल्याण्ड सिरिजमा नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग २–२ खेल खेल्नेछ ।


ADVERTISEMENT

# # #


नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र रिजन ढकाल ।

८ राष्ट्र सहभागी लिग–२ मा नेपाल कमजोर अवस्थामा रहेको छ । हालसम्म १२ खेल खेलेको नेपालले २ खेलमा मात्रै जित हात पारेको छ भने ८ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र ६ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ । यता १६ खेल खेलेको स्कटल्याण्ड ९ जित ५ हार र २ अनिर्णितसहित २० अंकका साथ चौथो स्थानमा रहेको छ ।

यस्तै नेदरल्याण्डले २० खेलमा १२ जित, ६ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।