काठमाडौँ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्षमा आफुहरु नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन् ।


ADVERTISEMENT

# # #


भिजिट भिसा प्रकरणमा दलहरुबीच सम्वाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । बर्तौलाले दलहरुबीच भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।

भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरुमाथि अविश्वास गर्न थाले उनीहरु कमजोर हुँदै जाने उनको भनाई छ ।

बर्तौलाले संवैधानिक निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्न सक्न वातावरण बनाउदै लैजानुपर्नेमा जोड दिए ।