काठमाडौँ – प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने प्रतिपक्षीको अडान कायमै भएपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आज प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् ।
प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको भन्दै बैठक सुचारु गर्ने वातावरण मिलाउन आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसदहरु उभिइरहे पछि आजको लागि तय भएका सम्पूर्ण कार्यक्रम सूचीबाट हटाउँदै बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ ।