एजेन्सी – अहमदाबादमा एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि छ। बिहीबार अहमदाबाद एयरपोर्टबाड लण्डनका लागि उडान भरेको विमान केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए।
बीबीसी गुजरातीका सह–पत्रकार भार्गव पारिखले अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकसँग गरेको कुराकानी अनुसार दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरी आयुक्तले भने, ‘केही जीवित हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ र राहत तथा उद्धार कार्य जारी छ।