काठमाडौँ– रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरण निम्न छन् :
नेपाल प्रहरी
प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।
प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिकः-
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिकः-
१.जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
७.जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८.वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९.वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ